Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

    अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 192
    SHARES

    काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को छनोट खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको छ ।

    पहिलो हाफमा बनाएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो ।



    शुक्रबार भेनेजुयलामा भएको खेलमा अर्जेन्टिनाका लागि रक्षक निकोलस ओटामेन्टीले गोल गरेका थिए । घरेलु टिमका सालोमोन रोन्डेनले गोल फर्काए ।



    विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पहिलो बराबरी हो । तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ ।

    समान खेलबाट ११ अंक जोडेको भेनेजुयला तालिकाको छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार