Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • अमेरिका मिल्टन आँधी : मृत्यु हुनेको संख्या १६ पुग्यो, पिउने पानीको अभाव

    अमेरिका मिल्टन आँधी : मृत्यु हुनेको संख्या १६ पुग्यो, पिउने पानीको अभाव

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 93
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । अमेरिकामा मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।

    अमेरिकी राष्ट्रिय तुफान केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो । आँधीका कारण आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।



    फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ ।



    बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी आएको थियो । त्यसपछि धेरै क्षेत्र डुबानमा परेका छन्।

    यसबाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् बन्द भएको छ। फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पिउने पानीको पनि समस्या भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार