Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बलि दिने राँगो मार हान्न पौने ५ लाखको बोलकबोल !

    बलि दिने राँगो मार हान्न पौने ५ लाखको बोलकबोल !

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 222
    SHARES

    फाइल तस्विर

    म्याग्दी । बडा दशैंको नवमीमा बलि चढाइने सरकारी राँगोलाई मार हान्न पौने ५ लाखको बोलकबोल लागेको छ ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बलि चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजारको बोलकबोल भएको हो ।



    बिहीबार राति खुला बोलकबोलमार्फत कालरात्रिमा सरकारी राँगो मार हान्ने छिनोफानो गरिएको हो ।



    करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार