Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कस्तो छ आजको मौसम पूर्वानुमान ?

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    अनलाइन नेपाल
  • बिहिबार, २४ असोज २०८१
  • 36
    SHARES

    काठमाडौँ । कोशी, मधेस, र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।

    देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।



    कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार