Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अक्सफोर्डको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुँदै

    अक्सफोर्डको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले तयार पार्दै गरेको कोरोनाको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुने भएको छ । ट्रायलमा सहभागि एक व्यक्तिमा केही समस्या देखिएपछि गत मंगलबार ट्रायल रोकिएको थियो ।

    एस्ट्राजेनेकाले ती व्यक्तिमा देखिएको समस्या भ्याक्सिनसँग सम्बन्धित भए नभएको अनुसन्धान गर्नका लागि ट्रायल रोकेको जानकारी दियो । तर शनिबार युनिभर्सिटीले यसको ट्रायल सुचारु गर्ने जानकारी दिएको छ ।



    हेल्थ सेक्रेटरी म्याट ह्यानककले ट्रायल सुचारु हुने खबरले आफूलाई उत्साहित बनाएको जानकारी दिएका छन् ।



    ‘ट्रायललाई रोक्नुको अर्थ यो हो कि हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छौं । हामीले हाम्रा वैज्ञानिकलाई प्रभावकारी भ्याक्सिनलाई चाँडोभन्दा चाँडो विकास गर्न सहयोग गर्नेछौं,’ उनले भने ।

    युनिभर्सिटीले एक वक्तव्य जारी गर्दै यस्ता ठूलो प्रकारको ट्रायलमा बेला आफूहरुले केही सहभागी बिरामी हुनसक्ने आशा राखेको पनि बतायो ।

    द मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्वतन्त्र रुपमा समीक्षा गरेपछि ट्रायल पुनः सुचारु हुन लागेको हो ।

    गोपनियताका कारण बिरामीबारे जानकारी नदिइने बताएपनि न्यूयोर्क टाइम्सले ती बिरामीमा ट्रान्सभर्स मिलिटिस देखिएको बताएको छ । यो एउटा यस्तो स्थिती हो जसले बिरामीको मेरुदण्डलाई असर गर्छ जुन विशेषगरी भाइरसको संक्रमणका कारण हुने गर्दछ ।

    स्रोतः बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार