काठमाडौं । विदेशी मदिरा आयातमा सरकारले साढे पाँच महीनादेखि लगाएको बन्देज कायमै रहेकाले विदेशी मदिरा वितरकहरूको स्टक सकिँदै गएको छ ।
विलासिताका वस्तुको आयात घटाउने रणनीतिअन्तर्गत सरकारले चैतको दोस्रो सातादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा वार्षिक अर्बौंको विदेशी मदिरा आयात हुने गरेकोमा पछिल्लो प्रतिबन्धले बजारमा विदेशी मदिराको स्टक कम हुँदै गएको र चाडपर्व नजिकिँदै गएकाले यसले चोरी तस्करी बढ्ने सम्भावना भएको आयातकर्ताहरू बताउँछन् ।
दशैंतिहारलाई लक्षित गरी भदौ महीना लागेसँगै मदिरा बजार चलायमान हुने गथ्र्यो । मदिरा उपभोगको सिजन मानिने असोज÷कात्तिकमा उत्पादक र वितरक दुवै व्यस्त रहन्थे । तर, कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञालगायत कारण अहिले अघिल्ला वर्षहरूमा जस्तो चहलपहल देखिँदैन ।
काठमाडाैँ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न चैतमा विदेशी मदिरासहित अन्य विलासिताका सामानमाथिको आयातमा प्रतिबन्ध लगाउनुका पछाडि महामारीको समयमा विदेशी मुद्राको सञ्चिति बढाउने र शोधानान्तर स्थिति नियन्त्रणमै राख्ने उद्देश्य थियो । पछिल्लो समय शोधानान्तर स्थिति नाफामा रहेको र विप्रेषण आप्रवाह सोचेजसरी नघटेकाले विदेशी मुद्राको सञ्चितिसमेत राम्रै छ ।
त्यसैले झन्डै ६ महीनाअघि लगाइएको विदेशी मदिरा आयातमाथिको प्रतिबन्ध फुकुवा गरिनुपर्ने विदेशी मदिराका आयातकर्ताहरूको माग छ ।
उनीहरूका अनुसार चाडपर्वको समयमा मदिरा खपत उच्च हुने भएकाले आयात खुला नगरिए त्यसले चोरीपैठारीलाई बढावा दिनेछ । ‘आयातमाथिको प्रतिबन्ध कायमै रहे वैध आयातबाट आउने राजस्व गुम्ने र अवैध तरीकाबाट हुने आयातले सरकारी राजस्वमा नराम्रो धक्का पुग्नेछ,’ एक आयातकर्ताले भने । छिमेकी मुलुकहरूबाट विदेशी मदिरा तस्करीको बाटो यसले खुलाउने उनीहरूको भनाइ छ ।
सरकारले कुनै एक आयातकर्तालाई फाइदा पु¥याउन विदेशी मदिराको आयात रोकेको आरोप एकथरी आयातकर्ताहरूको छ ।
विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएपछि अहिले बजारमा महँगा मदिराको मौज्दात घट्दै गएको आयातकर्ताको भनाइ छ । ठूला मदिरा पसलमा महँगा विदेशी मदिराको अभाव हुन थालेको व्यवसायीहरूले बताए । राज्यले मदिरा आयातमा राम्रै कर लगाउने गरेको छ । आयातकर्ताका अनुसार मदिरा आयातमा २५० प्रतिशत राजस्व सरकारले पाउने
गरेको थियो ।
आव २०७६/७७ मा नेपालमा ह्वीस्की आयात ८२ करोड रुपैयाँको मात्रै भएको छ, जब कि अघिल्लो आवमा १ अर्ब ७ करोडको आयात भएको थियो । गत आवको वैशाख र असार महीनामा आयात ठप्प नै रह्यो ।
नेपालमा विदेशी मदिरा आयात गर्नेमा एसपीजी ट्रेडिङ, ग्लोबल ट्रेडिङ, साहरा, एलाइडलगायतका कम्पनीहरु छन् । ह्वीस्की, भोड्का, वाइन, जिनजस्ता मदिराजन्य वस्तु भारत, जर्मनी, फ्रान्स, स्कटल्यान्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकबाट आयात हुने गरेको छ ।
विदेशी मदिरा आयात गर्ने एसपीजी टे«डिङ प्रालिका महाप्रवन्धक रमेश घिमिरेका अनुसार आयातमाथिको प्रतिबन्धका कारण गत आवमा सरकारले मदिरामार्पmत पाउने राजस्व गुमाएको छ । विदेशी ब्रान्डका मदिरा आर्थिक अवस्था बलियो भएकाले मात्रै उपभोग गर्ने भएकाले राज्यले आयातमा नै रोक लगाएर व्यापारै गर्न नदिनु गलत भएको उनको भनाइ छ । विदेशी मदिरा आयातमाथिको प्रतिबन्धले आयातकर्ता तथा यसका वितरक÷विक्रेता दुवैलाई प्रभावित बनाएको घिमिरेले बताए ।
विदेशी मदिराको आयात प्रतिबन्धपछि स्वदेशी मदिराको उपयोग बढ्ने धेरैको अपेक्षा रहे पनि त्यसो हुनसकेको छैन । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरुप्रसाद अधिकारीले विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाइए पनि स्वदेशी मदिराको माग बढ्न नसकेको बताए ।
उनका अनुसार कोरोनाका कारण मानिसको क्रयशक्तिमा आएको ह्रासले सामान्य अवस्थामा भन्दा ७० प्रतिशतले मदिराको माग घटेको छ । ‘३० प्रतिशत मात्रै माग छ, कोरोनाका कारण विभिन्न जिल्लामा सरकारले लगाएको निषेधाज्ञाले धेरैजसो उद्योगबाट मदिरा उत्पादन नै हुन सकेको छैन,’ अधिकारीले भने । होटेल, रेस्टुराँ, पार्टी प्यालेसलगायत मदिरा धेरै खपत हुने व्यवसाय अहिले ठप्प भएकाले पनि बजार तथा माग प्रभावित भएको उनको बुझाइ छ । आजको आर्थिक अभियान दैनिकबाट
Leave a Reply