Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण

    कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 105
    SHARES

    काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

    ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा बसको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो । डेडिकेटेड र ट्रंकलाइन विवादमा आफूखुसी गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।



    स्पष्टीकरण सोधेर घिसिङलाई मन्त्रालयमा हाजिर गराउने तयारी रहेको मन्त्रालय स्रोतले बतायो ।



    प्राधिकरण सञ्चालक समिति बैठक प्रत्येक साता बस्ने गरे पनि पछिल्लो दुई महिनादेखि एक पटक पनि बैठक बसेको छैन ।

    स्पष्टीकरणमा प्राधिकरणको विगत ४ वर्षको वित्तीय विवरणसहित धेरै कुराहरू माग गरिएको छ ।

    यससँगै प्राधिकरण आफैंले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलको खरिद मूल्य एवं सोसम्बन्धी परिमाणहरूको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण पनि माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार