Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने – जनताको आकांक्षा पुरा नहुँदा हाम्रो बेचैनी बढ्यो

    दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने – जनताको आकांक्षा पुरा नहुँदा हाम्रो बेचैनी बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 60
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको आकांक्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् ।

    विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताए ।



    ‘खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ,’ शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

    नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार