Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • आजको मौसम : देशभर आंशिक बदली, कोशी र मधेशमा मध्यम वर्षा

    आजको मौसम : देशभर आंशिक बदली, कोशी र मधेशमा मध्यम वर्षा

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 48
    SHARES

    काठमाडौँ । हाल नेपालका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



    यता यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेस प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बहिर्गमन भइसकेको छ ।

    नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट असोज २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार