Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • शान्ति सुरक्षा र अपराध अनुसन्धान नै हाम्रो पहिलो प्राथमिकता हो : आईजीपी कुँवर

    शान्ति सुरक्षा र अपराध अनुसन्धान नै हाम्रो पहिलो प्राथमिकता हो : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 138
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले शान्ति सुरक्षा र अपराध अनुसन्धानका लागि नेपाल प्रहरी नै देशको एक मात्र निकाय भएको बताएका छन् ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित प्रहरी अधिकृत प्राविधिक आधारभूत तालिम ३२ औं समूहको दीक्षान्त समारोहमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन्।



    आईजीपी कुँवरले विपद् व्यवस्थापन लगायत अन्य संवेदनशील र जटिलपूर्ण अवस्थामासमेत अग्रपंक्तिमा रहेर आम नागरिकमा सेवा प्रवाह गर्नु प्रहरीको कर्तव्य भएको बताए ।



    उनले महत्वपूर्ण सुरक्षा निकायमा आवद्ध भई निर्दिशष्ट जिम्मेवारी वहन गर्न पाउनु आफैमा गौरवको विषय भएको बताए ।

    आईजीपी कुँवरले नेपाल प्रहरीको संस्थागत विकास, सुदृढिकरण र सेवा प्रवाहामा जनपद सेवा समूह जतिनै प्राविधिक समूहको पनि ठूलो योगदान रहेको दाबी गरे ।

    सपोर्ट युनिटहरूको योगदानले नै अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा अमन चयन कायम गर्ने, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायत विभिन्न सेवा प्रवाहमा अतुलनिय सहयोग पुगेको आईजीपी कुँवरले बताए ।

    प्रहरी सेवा अन्य सेवा भन्दा ज्यादै पृथिक र विशिष्ट रहेको भन्दै उनले यस सेवामा सदैव व्यावसायिक, निष्ठा, इमानदारिता अथक प्रयास, साहस र समर्पण भावको आवश्यकता रहेको बताए ।

    आईजीपी कुँवरले प्रशिक्षणको समापनसँगै राष्ट्र र नागरिकको सेवामा प्रतिवद्ध भएर लागिपर्ने नयाँ यात्राको शुरूवात भएको उल्लेख गरे ।

    उनले तालिमको दौरान प्राप्त भएको आन्तरिक र बाह्य प्रशिक्षणले प्रशिक्षार्थीहरूलाई सबल र सक्षम जनशक्तिको रूपमा परिणत गराउँदै आगामी दिनमा कार्यक्षेत्रमा देखापर्ने नविनतम् चुनौतिहरूको पहिचान र निस्तेज गर्नमासमेत सहयोग शिद्ध हुने अपेक्षा लिए।

    तालिमबाट आर्जन गरेको ज्ञान, सीप र कौशललाई सम्पूर्ण अधिकृतहरूले आगामी दिनमा उर्जाशिल भई रचनात्मक ढंगले राष्ट्र र नागरिकको सेवामा समर्पित भई उत्कृष्ट कार्यसम्पादन गर्न आईजीपी कुँवरले निर्देशन दिए । उ

    क्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ २९ गतेबाट संचालित ९५ दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २७ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ३९ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको बताए ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार