Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 150
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुषको मृत्यु भएको हो ।



    बुद्धिमानको साथमा भएको एटिएम कार्ड र खोटाङ यातायात प्रालिको टिकटको आधारमा पहिचान भए पनि अर्का मृतकको भने सनाखत हुन सकेको छैन।



    काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी–५ स्थित द्वार खोलाको पुलमा ठोक्किएको थियो ।

    दुर्घटनामा चालक सहित ४५ जना घाइते भएका थिए । २८ जना भने उपचार भएपछि घर फर्किएका छन् ।

    बाँकी घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकी, धरानको घोपा अस्पताल र जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार