Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • कुशल भुर्तेलको अर्धशतकमा क्यानडा एचपीमाथि नेपालको जित

    कुशल भुर्तेलको अर्धशतकमा क्यानडा एचपीमाथि नेपालको जित

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 402
    SHARES

    काठमाडौं । नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी)लाई १० रनले हराएको छ ।

    तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले एचपीलाई १० रनले हराएको हो ।



    योसँगै तीन खेलको अभ्यास खेल नेपालले २/१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो ।



    क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए । नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए।

    सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो ।

    नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए । आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे ।

    आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन साउद १७, कुशल मल्ल ८ र सोमपाल कामी २७ रनमा आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार