Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै माधवलाई नेताहरूले बुझाए पत्र

    केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै माधवलाई नेताहरूले बुझाए पत्र

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 150
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् ।

    सोमबार नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, बलराम बास्कोटा लगायतका नेताहरूले अध्यक्ष नेपाललाई पत्र बुझाएका हुन् ।



    पार्टीको आन्तरिक एकता सुदृढ गर्न, महाधिवेशनको म्यान्डेटभन्दा बाहिर गएर भएका कामको खारेजीको माग गरिएको बताइएको छ ।



    नेताहरूले महाधिवेशनको म्यान्डेटविपरीत गरिएका सबै काम कारबाही खारेजको माग गरेका छन् । महाधिवेशनको गम्भीर समीक्षा गरी आन्तरिक एकताको पहल गर्न नेताहरूले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार