Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • लुटपाटमा संलग्न भारतीय गिरोह पक्राउ

    लुटपाटमा संलग्न भारतीय गिरोह पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 114
    SHARES

    बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित प्रभु बैंक अगाडि एक जेष्ठ नागरिकलाई लुटपाट गरेको आरोपमा चारजना भारतीय नागरिकहरु पक्राउ परेका छन् ।

    यही असोज १ गते दिउँसो १२ बजे उनीहरुले एक जेष्ठ नागरिकले प्रभु बैंकबाट निकालेको ५० हजार रुपैयाँ लुटपाट गरेका थिए । बैंकबाट निकालेपछि घर फर्कने क्रममा ती अपरिचित व्यक्तिहरूले जेष्ठ नागरिकलाई पिछा गरी रकम लुटेर फरार भएका थिए ।



    प्रहरीलाई घटना भएपछि पीडितबाट प्राप्त सूचनाको आधारमा लुटेराहरूको खोजी गर्न थालिएको थियो । अनुसन्धानकै क्रममा ती लुटेराहरू पुनः सोही स्थानमा देखा परेको र अन्य मानिसहरूलाई लुटपाट गर्ने योजना बनाइरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको बारा प्रहरीका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिए ।



    उनका अनुसार पक्राउ परेका व्यक्ति भारत, बिहार राज्यका हुन् । पक्राउ पर्नेमा पश्चिम चम्पारण, बिहारका सुरेश प्रसाद बानिया, शैलेश तिवारी, शर्मा मुखिया र मोजफरपुर बिहारका रबि दास रहेका छन् ।

    उनीहरूले भारतीय नम्बर प्लेट भएको बीआर २२ बीजे ३१६४ मोटरसाइकल चढी आएका थिए । प्रहरीले उक्त मोटरसाइकल पनि बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार