Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री उद्धार कोषमा सोमबार चार करोड ७९ लाख रुपैयाँ जम्मा

    प्रधानमन्त्री उद्धार कोषमा सोमबार चार करोड ७९ लाख रुपैयाँ जम्मा

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 36
    SHARES

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाले चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग गरेका छन् ।

    आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट एक करोड, प्रभु बैंकबाट एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट एक करोड, एभरेष्ट बैंक लिबाट ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो।



    त्यस्तै, प्रभु इन्स्योरेन्सबाट २५ लाख, प्रमु महालक्ष्मीबाट २५ लाख, प्रभु क्यापिटलबाट २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट १० लाख, इनर्जी ट्रीबाट आठ लाख एकहजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट पाँच लाख नौहजार तीनसय ९० गरी जम्मा चार करोड ७९ लाख १० हजार तीन सय ९० उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



    सो रकम बराबरका चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार