Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • विपद्लाई राजनीतिकरण नगरौँ, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

    विपद्लाई राजनीतिकरण नगरौँ, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 87
    SHARES

    काभ्रेपलाञ्चोक । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्राहमा बसेर काम नगर्न आग्रह गरेका छन् ।

    जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई आज सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो आग्रह गरेका हुन् ।



    उनले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकाले विपद्लाई राजनीतिकरण नगर्न आग्रह गरे ।



    सबै मिलेर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा परेकालाई राहत दिन सक्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले विपद्का बेलामा सबै मिलेर व्यवस्थित ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार