Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रावललाई एमाले सुदूरपश्चिम अध्यक्षको चेतावनी – भ्रम नफैलाउनू, पार्टी अध्यक्षसँग वार्ता गर्नू

    रावललाई एमाले सुदूरपश्चिम अध्यक्षको चेतावनी – भ्रम नफैलाउनू, पार्टी अध्यक्षसँग वार्ता गर्नू

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशले नेता भीम रावललाई भ्रम नफैलाउन चेतावनी दिएको छ ।

    एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेता रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका हुन् ।



    अध्यक्ष जैसीले निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाए ।



    ‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

    पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टीमा जिम्मेवारीविहीन छन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । त्यही कारण नेता रावल ओली प्रवृतीको विरोध गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार