Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ अझै बेपत्ता

    बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ अझै बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 60
    SHARES

    काठमाडौं । भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या २४६ पुगेको छ ।

    नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरणअनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेका छन् । कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ ।



    सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौं उपत्यकामा धेरै क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।



    बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको छ। एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार