Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका परिवारलाई ८ लाख दिने एन्फाको निर्णय

    पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका परिवारलाई ८ लाख दिने एन्फाको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 75
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीका परिवारलाई ८ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

    आज बसेको एन्फाको आपतकालीन बैठक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका३ मा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।



    खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योञ्जन एकेडेमीबाट अन्यत्र जाने क्रममा बाटोमा पहिरोमा परी मृत्यु भएको थियो।



    खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकलाई सहयोग गर्नका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ।

    यस्तै एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीहरूको स्मृतिमा सञ्चालन गरिने भएको छ।

    दिवंगत खेलाडीहरुको सालिक वा स्मृती स्तम्भ निर्माणका लागि वात्सल्यदेवी माविमा पहल गरी निर्माण गराइने छ।

    खेलाडीका परिवारको थप राहतको लागि फिफा र एएफसीलाई पनि अनुरोध गर्ने पनि एन्फाले निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार