Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • काउन्सेलर र श्रम सहचारी नियुक्तिमा मन्त्रीको चलखेल

    काउन्सेलर र श्रम सहचारी नियुक्तिमा मन्त्रीको चलखेल

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 174
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीमाथि काउन्सेलर र श्रम सहचारी नियुक्तिमा आफ्ना मान्छे नियुक्ति गर्न चलखेल गरेको आरोप लागेको छ ।

    मन्त्रालयले भदौ १७ गते साउदीको रियाद र यूएईको अबुधाबीमा काउन्सेलर (श्रम) तथा नेपाली राजदूतावास, मनामा र दोहामा श्रम सहचारी छनौट तथा नियुक्तिका लागि ‘विषयवस्तुको ज्ञान तथा प्रस्तुतिकरण’ को कार्यतालिका प्रकाशित गरेको थियो ।



    प्रस्तुतिकरण भएको एक महिना वितिसक्दा समेत त्यसको रिजल्ट निकालिएको छैन । मन्त्री भण्डारीकै दबाब र चलखेलका कारण एक महिना वितिसक्दा पनि रिजल्ट निकालिएको छैन ।



    मन्त्री भण्डारीले सिनियर उपसचिवहरु हुँदाहुँदै जुनियर उपसचिव कविराज उप्रेतीलाई काउन्सेलर बनाउन खोजेपछि सचिव मुकुन्द निरौलादेखि मुख्यसचिव एकनारायण अर्यालले समेत विरोध जनाएको एक उपसचिव बताउँछन् ।

    मन्त्री भण्डारीले काउन्सेलर र श्रम सहचारी नियुक्तिमा आर्थिक चलखेल गर्न लागेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको ती उपसचिव बताउँछन् ।

    उनी भन्छन्–अहिलेसम्मको रेकर्ड हेर्ने हो भने आज प्रस्तुतिकरण लिएर भोलीपल्टै रिजल्ट निकाल्ने गरिन्थो । तर, यो पटक भने एक महिना वितिसक्दा पनि रिजल्ट निकालिएको छैन । यसैमा ठूलो आर्थिक चलखेल भएको प्रष्ट हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार