Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

    चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 186
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका-९ टिकौलीमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थिए



    । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने वर्ष २३ को रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको छ ।



    उनको शव भरतपुर अस्पतालमा राखिएको छ । घाइते ४ जनाको नयाँ मेडिकल कलेजमा र १ जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार