Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • हमास-इजरायल युद्धको एक वर्ष : विपिन जोशीको अवस्था अझै अज्ञात

    हमास-इजरायल युद्धको एक वर्ष : विपिन जोशीको अवस्था अझै अज्ञात

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 99
    SHARES

    काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुरा भएको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन् ।



    एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।



    उनको खोजीका लागि इजरायलमा रहेको नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन ।

    गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार १ सय ३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार