Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • टी–२० महिला विश्वकप : भारत र वेस्ट इन्डिज विजयी

    टी–२० महिला विश्वकप : भारत र वेस्ट इन्डिज विजयी

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 90
    SHARES

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।

    पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो ।



    भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।



    यस्तै हिजो भएको दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको १ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ११ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार