Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एनपिएल अक्सन : दोस्रो चरणमा ‘सोल्ड’ भए शरद र विनोद

    एनपिएल अक्सन : दोस्रो चरणमा ‘सोल्ड’ भए शरद र विनोद

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 207
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिगको अक्सनको दोस्रो चरणमा शरद भेषवाकर र विनोद भण्डारी ‘सोल्ड’ भएका छन् ।

    काठमाडौंमा जारी अक्सनमा पहिलो चरणमा अनसोल्ड भएका उनीहरु दुवैजना दोस्रो चरणमा भने ‘सोल्ड’ भएका हुन् । शरदलाई चितवन राइनोज र विनोदलाई सुदूरपश्चिम रोयल्सले किनेको छ ।



    दुवै खेलाडी फर्स्ट विस लिस्टको आधारमा सोल्ड भएका हुन् । यसअघि दुवै खेलाडीले आफूलाई दश लाख रुपैयाँ बेस रेट रहेको श्रेणी ‘ए’ मा समावेश गरेका थिए।



    तर, दुवै खेलाडीलाई खरिद गर्न आठै टोलीले इच्छा देखाएका थिएनन्। विस लिस्टको आधारमा चितवन र सुदूरपश्चिमले क्रमशः शरद र विनोदलाई दश लाखको बेस रेटमै प्राप्त गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार