Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपद्धारा पाँच करोड हस्तान्तरण

    प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपद्धारा पाँच करोड हस्तान्तरण

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 93
    SHARES

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइएमइ ग्रुप, ग्लोबल आइएमइ बैँक र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रकम सहयोग गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।



    उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।



    आजका मितिसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार