Online Nepal
  • आइतबार, २० असोज २०८१
  • आरिफ शेख र अभिनाश बोहरा सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    आरिफ शेख र अभिनाश बोहरा सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 273
    SHARES

    काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर आरिफ शेख नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

    आइतबार भएको अक्सनमा आरिफलाई सुदूरपश्चिम रोयल्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।



    उनले १० लाख रुपैयाँ मूल्य राखेका थिए । अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो ।



    तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन्।

    त्यस्तै, नेपालका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरालाई सुदूरपश्चिम रोयल्सले १२ लाख रुपैयाँमा किनेको छ।

    न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो ।

    तर, कर्णालीले साढे ११ लाख पछि मुल्य लगाउन चाहेन । अभिनाश टी-२० विश्वकपपछि नेपालको टोलीमा छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार