Online Nepal
  • आइतबार, २० असोज २०८१
  • वर्षातमा बिग्रिएका चौरपाटीका ग्रामीण सडक खुलाउन फिल्डमा खटिए अध्यक्ष साउँद

    वर्षातमा बिग्रिएका चौरपाटीका ग्रामीण सडक खुलाउन फिल्डमा खटिए अध्यक्ष साउँद

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 177
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले बर्खाको समयमा अवरुद्ध भएका ग्रामीण सडकहरु खुलाएको छ ।

    दशैँ मनाउन गाउँ फर्कने नागरिकको सहज यात्राका लागि पालिकाले विभिन्न वडाका सडक मर्मत गरेको हो । वर्षाले अवरुद्ध भएका ग्रामीणमा नियमित यातायातका साधन सञ्चालन गर्ने गरी मर्मत भएका गाउँपालिकाले जनाएको छ ।



    सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आएका छन् । शनिबार वडा नम्बर ६ को चौखुट्टे-दुनि-पातल सडक पनि खुलाइएको पालिकाका अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए ।



    विभिन्न वडाका सडक खुलाउन अध्यक्ष साउँद आफै खटिएका थिए । पालिकाले आफ्नै जेसिवी प्रयोग गरेर पालिकाभित्रका सम्पूर्ण सडकहरुलाई सञ्चालनमा ल्याएको हो ।

    चाडपर्व मान्न गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडकहरु तत्काल खुलाइएको बताइएको छ । वर्षापछि ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार