Online Nepal
  • आइतबार, २० असोज २०८१
  • राष्ट्रसंघीय शान्ति सेनाले दक्षिणी लेबनान नछोड्ने

    राष्ट्रसंघीय शान्ति सेनाले दक्षिणी लेबनान नछोड्ने

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 192
    SHARES

    एजेन्सी । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (यूनीफील) ले दक्षिणी लेबनान नछोड्ने भएको छ ।

    इजरायलले दक्षिणी लेबनानबाट स्थानान्तरण हुन अनुरोध गरे पनि शान्ति सेनाले लेबनान नछोड्ने भएको हो ।



    गएको सेप्टेम्बर–३० मा इजरायली सेना (आईडीएफ) ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे बताउँदै केही ठाउँबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा बलले जनाएको छ ।



    सुरक्षा बलले इजरायली अनुरोधको बीच शान्ति सेनाहरु सबै ठाउँमा उपलब्ध रहने उल्लेख गर्दै निरन्तर रुपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झण्डा फहराइरहने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार