Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

    नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 87
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासङ्घले आगामी मङ्सिर २८ गते तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

    नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि राष्ट्रिय भेला शुरू भएको थियो ।



    सो भेलामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको थियो ।



    भेलाले आगामी मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।

    भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार