काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ ।
शनिबार बसेको सो संगठनको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि सो संगठनको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिले पत्राचार गरेको थियो ।
तर उमेर हदको विवादका कारण बैठक रोकिएको थियो ।
Leave a Reply