Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • जिप दुर्घटना हुँदा हुम्लामा दुई जनाको मृत्यु

    जिप दुर्घटना हुँदा हुम्लामा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 75
    SHARES

    फाइल तस्विर

    हुम्ला । बोलेरो जिप दुर्घटना हुँदा हुम्लामा २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् ।



    बुढा विष्णुसँग नेपालगन्ज मामा घर दशैं मान्न जान लागेका थिए । हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।



    दिउँसो कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    जिपमा चालकसहित ७ जना सवार थिए । गियर बक्स बिग्रेपछि पाँच जना गाडीबाट झरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार