Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • नारायणघाटमा रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने चार जना पक्राउ

    नारायणघाटमा रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने चार जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 306
    SHARES

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने विरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले सहकारी पीडित चार जनालाई पक्राउ गरेको हो।



    चितवन-२ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछाने शनिबार चितवनवासीसँग भेटघाट कार्यक्रमका लागि नारायणघाटस्थित नारायणी कला मन्दिरमा पुगेका थिए ।



    त्यही कार्यक्रमका बीच सहकारीपीडितहरूले विरोध प्रदर्शन गरेका थिए ।

    हलभित्र कार्यक्रम चलिरहेका बेला बाहिर साहारा वहुउद्देश्य सहकारी र सनराइज बचत तथा ऋण सहकारीका बचतकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए।

    सभापति लामिछानेविरुद्ध शुक्रबार दिउँसो मुग्लिन बजारमा समेत विरोध प्रदर्शन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार