Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • दशैंको लागि काठमाडौं आइपुग्यो खसीबोका

    दशैंको लागि काठमाडौं आइपुग्यो खसीबोका

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 177
    SHARES

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा दशैंका लागि खसीबोका भित्र्याएको छ।

    व्यापार कम्पनीले शनिबार थापाथलीमा खसीकोबा झारेको हो। हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी कम्पनीको छ ।



    यस वर्षका जिउँदो खसीबोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । च्याङ्ग्राको १२३० तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।



    शनिबार खसीबोका थापाथलीमा झारिए पनि च्याङ्गा भने ल्याइएको छैन । यो वर्ष एक हजारदेखि बढीमा १५ सय वटा खसीबोका र ३०० कालो च्याङ्‍ग्रा ल्याउने तयारी कम्पनीको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार