Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दै एक अर्ब ६० करोड

    नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दै एक अर्ब ६० करोड

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 75
    SHARES

    काठमाडौं । विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्ने भएको छ ।

    सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगललमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ ।



    नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत वाग्मती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा ६ वर्षमा २.४ मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो ।



    प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र रु एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार