Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बाढीपहिरोका घाइते १०८ जनाको गरियो शल्यक्रिया

    बाढीपहिरोका घाइते १०८ जनाको गरियो शल्यक्रिया

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 87
    SHARES

    काठमाडौं । हालैको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक सय आठ जनाको शल्यक्रियाबाट उपचार गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शल्यक्रिया गरिएकामध्ये ३५ जनाको उपचार भइसकेको र ७३ जना डिस्चार्ज हुने क्रममा रहेका छन् ।



    घाइतेमध्ये पाँच सय ६२ जनाको बहिरंग विभागमा उपचार गरिएको र एक सय आठजनालाई भर्ना गरी शल्यक्रिया नै गर्नु परेको मन्त्रालयले जनाएको छ।



    बाढीपहिरोका सबै घाइतेको उपचार निःशुल्क भइरहेको मन्त्रालयले जनाएको छ। बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारजनप्रति मन्त्रालयले समवेदना व्यक्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार