Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • शिक्षकको तलब भत्ता मासिक रूपमा दिन निर्देशन

    शिक्षकको तलब भत्ता मासिक रूपमा दिन निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 108
    SHARES

    काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।

    चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।



    विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।



    तर उक्त कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले लिखित रूपमै निर्देशन दिएको हो । सरकारको आव २०८१/८२ को नीति तथा कार्यक्रममा शिक्षकको तलब मासिक रूपमा दिने उल्लेख छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार