Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • देशभर डेंगी संक्रमितको संख्या झण्डै १५ हजार पुग्यो

    देशभर डेंगी संक्रमितको संख्या झण्डै १५ हजार पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 45
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशभर डेंगीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ।



    केही दिनअघि पानी परेका कारणले डेंगी सङ्क्रमण बढेको उनले बताए ।



    हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेंगीको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार