Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • बाढीपहिरो प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

    बाढीपहिरो प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 84
    SHARES

    काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित केही जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुर, काभ्रेपलाञ्चोक, धादिङसहितका जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।



    बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको बताइएको छ ।



    शुक्रबार नै बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार