Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु गर्छौँ : सञ्चारमन्त्री गुरुङ

    सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु गर्छौँ : सञ्चारमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 57
    SHARES

    ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु हुने बताएका छन् ।

    शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकममा रहेको इन्टिग्रेटेट नेटवर्क अपरेशन सेन्टरको अवलोकन गर्दै यस्तो बताएका हुन् ।



    अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा देखिएको नेटवर्कको समस्या एवम् समाधानका लागि भइरहेको प्रयासबारे उनले जानकारी लिए ।



    मन्त्री गुरुङले भने, “अहिले समस्या सङ्कलनको ठाउँमा छु । धेरै ठाउँमा फोन आउँदैन, कभरेज छैन । कभरेज गर्नलाई टावर राख्नुपर्ने होला । कतिपय ठाउँमा थप्नुपर्ने होला, त्यो काम हामी गर्छौँ ।”

    उनले कतिपय ठाउँमा बोल्दा–बोल्दै आवाज काटिने जस्ता विभिन्न समस्या भएको उल्लेख गर्दै गुणस्तरीय कभरेजका लागि जोड दिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार