Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • सीमा नाकामा ११६ सहायता कक्ष स्थापना गर्दै सशस्त्र प्रहरी

    सीमा नाकामा ११६ सहायता कक्ष स्थापना गर्दै सशस्त्र प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 78
    SHARES

    काठमाडौं । सीमा नाकामा सशस्त्र प्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थापना गर्ने भएको छ ।

    चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन सुनिश्चित गर्न सशस्त्र सहायता कक्ष स्थापना गर्न लागेको हो ।



    अहिलेसम्म ६६ वटा सहायता कक्ष स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।



    दसैँ, तिहार तथा छठपर्व लगायतका चाडवाडका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपदमापरेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार