Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फिर्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 51
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलोग (एसीडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार अपराह्न उनी स्वदेश फर्किएकी हुन् ।

    परराष्ट्रमन्त्री राणाले यसअघि क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक र अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा बैठकमा पनि सहभागिता जनाएकी थिइन ।



    कतारको सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार पुगेकी हुन्।



    उनले आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने दृष्टिकोणले सफल भएको उल्लेख गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार