Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • आफैं तस्करीमा लागेपछि तीन सशस्त्र प्रहरी कारबाहीमा

    आफैं तस्करीमा लागेपछि तीन सशस्त्र प्रहरी कारबाहीमा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 450
    SHARES

    काठमाडौं । सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागेका छन् ।

    विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बल नेपालका तीन जना कर्मचारीमाथि कारबाही अघि बढेको छ ।



    अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवरलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडि बढाएको हो ।



    त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो ।

    यसैबीच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनावश्यक दुःख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सुक्ष्म निगरानी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार