Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • चितवनमा रास्वपा सभापति रविलाई देखाइयो कालो झण्डा !

    चितवनमा रास्वपा सभापति रविलाई देखाइयो कालो झण्डा !

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 441
    SHARES

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर-२ का सांसद् रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाइएको छ ।

    सहकारी पीडितहरूले शुक्रबार लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । उनी आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन पुगेका थिए ।



    सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएको बताइएको छ ।



    सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए ।

    चितवनमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । पूर्व गृहमन्त्री समेत रहेका रवि सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार