Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु , विराटनगर तनावग्रस्त

    ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु , विराटनगर तनावग्रस्त

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 246
    SHARES

    विराटनगर । मालबाहक गाडीको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर तनावपूर्ण बनेको छ ।

    विराटनगर भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर साइकलयात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीय आन्दोलित बनेपछि अवस्था तनावग्रस्त भएको हो।



    सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका छन् । उनीहरुले सवारी साधन आवतजावतमा अवरोध गरेका छन् ।



    आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेका छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ ।

    विराटनगर–१८ स्थित भन्सार रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ १ जना साइकलयात्रीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो ।

    विराटनगरबाट भन्सारतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।

    गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठाएको थियो । अस्पताल पुर्‍याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरिदिएका थिए ।

    ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार