Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी सञ्चालनमा रोक

    नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी सञ्चालनमा रोक

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    यातायात व्यवस्था विभागले सूचना निकालेर ट्रेलर लगायतका ठूला सवारी साधनसञ्चालन गर्न रोक लगाएको हो ।



    तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउँछन्।



    यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने।’

    विभागले दशैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ।

    यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार