Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

    सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 177
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुली हुँदै पूर्व मोरङतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

    शुक्रबार काठमाडौंबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो ।



    दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायस बस सिन्धुलीको कमलामाई नगरपालिका ८ सिस्नेरीमा दुर्घटनामा परेको थियो।



    तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

    दुर्घटनाका घाइतेहरूलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ।

    माइक्रो बसमा १९ जना सवार छन्। उनीहरूमध्ये चारजना सकुशल छन्। उनीहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार