Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • बाढीपहिरोले भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त, भने – सहयोग गर्न तयार छौँ

    बाढीपहिरोले भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त, भने – सहयोग गर्न तयार छौँ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 111
    SHARES

    काठमाडौं । चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै उनले दुःख व्यक्त गरेका हुन् । उनले नेपालमा भारी वर्षाका कारण बाढी र पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताए ।



    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले बाढीपहिरोमा पनि ज्यान गुमाएकाहरू गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।



    चीनले नेपालसँग सधैं सुख–दुःख साझा गरेको र आवश्यकताअनुसार नेपालको बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार