Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • क्यानडाले जित्यो नेपाल सम्मिलित त्रिदेशीय टी–२० सिरिजको उपाधि

    क्यानडाले जित्यो नेपाल सम्मिलित त्रिदेशीय टी–२० सिरिजको उपाधि

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 276
    SHARES

    काठमाडौं । नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि क्यानडाले जितेको छ ।

    गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि जितेको हो । ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो ।



    यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो ।



    त्रिदेशीय टी–२० शृङ्खलामा क्यानडाले ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो र ओमान ४ खेलमा २ अङ्कसहित अन्तिममा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार