Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • शिक्षा मन्त्रालयका ७ सहसचिवसहित २२५ कर्मचारीको सरुवा, महत्वपूर्ण शाखा नै खाली

    शिक्षा मन्त्रालयका ७ सहसचिवसहित २२५ कर्मचारीको सरुवा, महत्वपूर्ण शाखा नै खाली

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 138
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महत्वपूर्ण शाखा खाली गराएर सरुवा गरेको पाइएको छ ।

    मन्त्री विद्या भट्टराईले संस्थागत संरचना र व्यावहारिकता ख्यालै नगरी सरुवा गरेको आरोप लागेको छ।
    केन्द्रको बजेट तथा योजनाको उपसचिव अर्जुन ढकाल, अधिकृतद्वय मुक्ता पोखरेल र प्रकाश खरेल सरुवा भएका छन्।



    केन्द्रको मुख्य शाखाका रूपमा रहेको योजनामा अहिले कोही पनि कर्मचारी छैनन् । त्यस्तै, तथ्यांक शाखा (इमिस) का प्रमुख रामचन्द्र शर्मा तिमल्सिनालाई पनि सरुवा गरेको छ।



    इमिस शाखाले देशैभरका विद्यालय, विद्यार्थीलगायतको तथ्यांक राख्ने निकाय हो । सो शाखा पनि तत्काल रिक्त भएको छ। नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार