Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • इजरायलले गर्‍यो हिजबुल्लाहको खुफिया मुख्यालयमा हमला

    इजरायलले गर्‍यो हिजबुल्लाहको खुफिया मुख्यालयमा हमला

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 138
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । इजरायली सेनाले लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा हमला गरेको छ ।

    इजरायली सेनाले हिजबुल्लाहको गढहरूमा बमबारी गरिरहेको छ । इजरायली सेनाले ‘बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयसँग सम्बन्धित लक्ष्यहरूमा’ आक्रमण गरेको बताएको छ ।



    हिजबुल्लाहको प्रभुत्व रहेको लेबनानभरका क्षेत्रहरूमा बमबारीपछि दक्षिणी लेबनानका केही भागमा आफ्ना सैनिकहरूले ‘स्थलगत छापा’ थालेको इजरायलले यसै साता घोषणा गरेको थियो ।



    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बमबारीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ र आर्थिक तथा राजनीतिक संकटमा फसेको मुलुकमा लाखौँ मानिसलाई आफ्नो घर छाड्न बाध्य भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार